११ माघ २०८१, शुक्रबार

माओवादी केन्द्रमा नतृत्व चयनका लागि निर्वाचन प्रकृया सुरु

प्रकाशित मिति :  1 January, 2022 5:53 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका लागि चुनावी प्रकृया सुरु भएको छ । नामावली प्रकाशन भइसकेको छ भने बेलुकी ८ बजेदेखि उमेद्वारी दर्ता प्रकृया सुरु हुने छ ।

सहमतिका लागि आज बेलुकी ५ बजेसम्मको समय तोकिएपनि टुंगो नलागेपछि मतदानमै जाने तयारी भएको हो । यद्यपी केन्द्रीय सदस्यमा निर्विरोध हुने गरी प्रकृया अगाडी बढाउने प्रयास भइरहेको छ ।

माओवादी केन्द्रको विधान अनुसार महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुने र केन्द्रीय सदस्यले पदाधिकारी चयन गर्ने गर्ने व्यवस्था छ । नेतृ जयपुरी घर्तीका अनुसार केन्द्रीय सदस्यका लागि उमेद्वारी दर्ताको तयारी भएको छ ।

उनले भनिन्,“उमेद्वारी दर्ता हुन्छ र सकेसम्म निर्विरोध हुने गरी केन्द्रीय सदस्यको उमेद्वारी पर्छहोला नभए मतदान हुन्छ ।”
केन्द्रीय सदस्यमा उमेद्वार दिनेले ८ देखि १० ः ३० सम्म मनोनयन दर्ता गराउनुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !