१३ मंसिर २०८१, बिहिबार

धनुषामा गोली चल्यो, ७ जना घाइते

प्रकाशित मिति :  2 January, 2022 2:31 pm


काठमाडौं । धनुषामा झडप हुँदा प्रहरीले गोली चलाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबरको गोली चलाएको हो ।

आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि ११ राउण्ड रबरको बुलेट र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् ।

यस्तै झड्पका क्रममा नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएको प्रवक्ता एवं डीएसपी बस्नेतले बताए ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !