६ आश्विन २०८१, आइतबार

विश्वका तीन चौथाइ मानिसको सोचाइ सन्२०२२ झन् राम्रो हुने

प्रकाशित मिति :  2 January, 2022 4:08 pm


काठमाडौंं । विश्वका ७५ प्रतिशत मानिसले विश्व सन् २०२१ भन्दा झन् राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।वैश्विक महामारी कोभिड१९ले थलिएको विश्वको अवस्था राम्रो हुने एक सर्वेक्षणमा सहभागीहरुले बताएका हुन् ।

आइप्सोसले विश्वका ३३ देशका २२ हजारलाई सन् २०२२बारे पूर्वानुमान गर्न लगाइ तयार पारेको अध्ययनका आधारमा यो नतिजा सार्वजनिक गरिएको हो ।

आइप्सोसका एन्टोनिया लोपेजले जनाए अनुसार सन् २०२२को वर्ष सामान्यरुपमा राम्रो हुने ७७ प्रतिशतले अपेक्षा व्यक्त गरेको सो सर्वेक्षणमा सहभागी जापानीहरु मध्ये ५४ प्रतिशतले राम्रो जनाए पनि९४ प्रतिशत चिनियाँले सन्२०२१ भन्दा झन राम्रो हुने विश्वास व्यक्त गरेका हुन् ।

सन् २०२२ राम्रो हुने कारणहरु औंल्याइएका छन् ।

पहिलो कारणमा कोभिड १९ विरुद्धको लडाइँमा प्रगति हुने रहेको छ ।

सन् २०२२मा कम्तीमा एक मात्रा ८० प्रतिशत भन्दा बढी मानिसले कोभिड खोप लिइसकेका हुनेछन् ।

ल्याटिन अमेरिकामा पेरुमा ८१ प्रतिशत, ब्राजिलमा ७६प्रतिशत र चिलीमा ६९ प्रतिशतले खोप सन् २०२२मा लिइसकेको हुने अपेक्षा गरिएको छ ।
युरोपमा केही आंशका रहेको भएपनि फ्रान्समा ४२ प्रतिशतबाट ८० प्रतिशतमा पुर्याउने लक्ष्य लिइएको छ ।३८ प्रतिशत स्विटजरल्याण्ड र ३३ प्रतिशत जर्मनीको पनि ८० प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ ।

एसियामा मानिसहरुको बलियो बसोबास रहेको छ ।६८ प्रतिशत चीन,सिंगापुर ६७ प्रतिशत र ६६ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

समाजको आधारमा विश्वका एक तिहाइ मानिसले तिनका समाज सहिष्णु हुने विश्वास व्यक्त गरेका छन् ।

आर्थिकरुपमा वैश्विक अर्थतन्त्रमा सुधार भइ माथि तर्फ जाने आशा व्यक्त गरिएको छ । स्टक मार्केटले बढी स्थायित्व प्राप्त गर्नेछ ।

विश्वका ४० प्रतिशत स्टक मार्केट करिब टाटपल्टिने अवस्थामा पुगेको थियो । आम्दानीमा सुधार भइ स्टक मार्केट टाटपल्टिने अवस्था नआउने तीन चौथाइ मानिसले विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !