६ आश्विन २०८१, आइतबार

दक्षिण अफ्रिकी संसद भवनमा आगलागी

प्रकाशित मिति :  2 January, 2022 5:03 pm


काठमाडौं । दक्षिण अफ्रिकाको केपटाउनस्थित संसद भवनमा आगो लागेको छ ।

भिडियो फुटेजमा कालो धुवाँ निस्केको देखिएको छ ।

आगलागीको कारण थाहा नभएपनि अग्निनियन्त्रकहरु आगो निभाउन सक्रिए रहेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

अधिकारीहरुले त्यहाँको तल्लो सदन रहेको तेस्रो तलामा आगो लागेको जनाएका छन् ।

आगलागीबाट कोही घाइते भएको समाचार सार्वजनिक भएको छैन् ।आगलागी निभाउनअझ चार घण्टा लाग्ने आगो निभाउने अधिकारीहरुले जनाएका छन् ।

१८८४मा संसद भवनका तीन खण्ड बनेको थियो । नयाँ खण्डहरु सन् १९२०को दशकदेखि १९८०सम्म नेसनल एसेम्बली भवन बनेको थियो ।



प्रतिक्रिया दिनुहोस !