माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
प्रकाशित मिति : 3 January, 2022 9:08 am
काठमाडौं । नेकपा माओवादी (केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटिको बैठक आज बस्दै छ। बैठक आज दिउँसो ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्न लागेको केन्द्रले जनाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा नअट्ने भएकाले सानेपा हाइटको ब्यांक्वेटमा बैठक बस्ने जानकारी केन्द्रले दिएको छ । माओवादीले २०६६ सालदेखि पेरिसडाँडालाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ ।
काठमाडौंमा भएको आठौं महाधिवेशनको बन्द शत्रमा आईतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको २३६ जनाको नाम सर्वसम्मतिले पारित गरेका थिए ।
माओवादीको विधान अनुुसार केन्द्रीय समिति २९९ सदस्य रहने व्यवस्था रहेको छ । तर महाधिवेशनले खुलातर्फ १११ र समानुपातिक १२५ जना केन्द्रीय सदस्यहरुको नाम मात्र सर्वसम्मतिले पास गरेको छ ।