राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ दलद्वारा सिट बाँटफाँट
प्रकाशित मिति : 3 January, 2022 12:59 pm
काठमाडौं । सत्ता गठबन्धन दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । बिहान बसेको सत्तरुढ गठबन्धनको बैठकले राष्ट्रिय सभामा खाली हुन लागेका सिटहरूमा भागबण्डा गरेका हुन् ।
कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट परेको छ ।
एमालेबाट खाली हुने सिटमध्ये तीनवटा कांग्रेस, दुईवटा जसपाले लिने सहमति भएको छ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
यस्तै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक एक सिट लिनेगरी सहमति जुटेको उनको भनाई छ । पुरानो सिटमा भने यथावत रुपमै एकले अर्कोलाई सघाउने गठबन्धनबीच सहमति बनेको छ ।