६ आश्विन २०८१, आइतबार

भारतमा कोरोनाको संक्रमण तिब्र बन्दै,२४ घण्टामा ३३ हजार भन्दा बढी संक्रमित थपिए

प्रकाशित मिति :  3 January, 2022 2:12 pm


काठमाडौं । भारतमा कोरोना संक्रमण तिब्र बनेको छ । पछिल्लो २४ घण्टामा ३३ हजार ७ सय ५० जना कोरोना संक्रमित भेटिएका छन् ।

यो संख्या एक हप्ता पहिले ६ हजार ९ सय ८७ जना मात्रै थिए । भारतीय सञ्चारमाध्यमका अनुसार एक हप्तामा ५ गुणा कोरोना संक्रमित भेटिएका हुन् ।

भारतका कतिपय शहरमा कोरोनाको तेस्रो लहर फैलिएको बताइएको छ । दिल्ली, मुम्बई,बिहार र मध्य प्रदेश सरकारले आफ्नो प्रदेशमा कोरोनाको तेस्रो लहर फैलिएको बताएका छन् ।

भातरका मुख्य १० शहरमा कोरोनाका नयाँ संक्रमितको संख्या तिब्र फैलिएको छ । दिल्लीमा १० र मुम्बइमा ८ गुणाले कोरोना संक्रमण फैलिएको भारतीय सञ्चार माध्यमको भनाई छ । कोरोना संक्रमित बढेपनि मृत्युको संख्या भने सामान्य छ ।



प्रतिक्रिया दिनुहोस !