११ माघ २०८१, शुक्रबार

कांग्रेसले टुंग्गायो राष्ट्रिय सभा चुनावका लागि उमेद्वार, लुम्बिनीमा शर्मा

प्रकाशित मिति :  3 January, 2022 4:19 pm


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको रिक्त रहेका पदमा हुन लागेको निर्वाचनका लागि उमेद्वार टुंग्याएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेशका उमेद्वार टुंग्याएको हो । कांग्रेसले प्रदेश नं. १ मा गोपालकुमार बस्नेत,बागमती प्रदेशमा, कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त,कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उमेद्वार बनाउने निर्णय गरेको हो ।

बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन मतदाताहरुलाई आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !