१६ कार्तिक २०८१, शुक्रबार

राष्ट्रिय सभाका लागि माओवादीले टुंगो लगाएका उम्मेदवार

प्रकाशित मिति :  4 January, 2022 11:35 am


काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकबाट हिस्सा पाएको सिटहरुमा उम्मेदवारी दिन नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाए अनुसार पार्टीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्ग÷अल्पसङ्ख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार बनाएको हो ।

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिए अनुसार प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुङ्गो लगाएको सचिवालयले जनायो ।

आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दिनुपर्ने भएकोेले उम्मेदवारको टुंगो लगाइएको हो ।



प्रतिक्रिया दिनुहोस !