११ कार्तिक २०८१, आइतबार

तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति :  5 January, 2022 8:35 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भ(भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।

बुधबार देशभर सामान्य बदली रहने छ । गण्डकी, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यतिबेला तराईका जिल्लाहरुमा बिहानदेखि हुस्सुकुहिलो लागेको  महाशाखाले जनाएको छ ।

बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक\दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !