११ कार्तिक २०८१, आइतबार

तोलामा ६००ले बढ्यो सुन

प्रकाशित मिति :  5 January, 2022 11:19 am


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ९२ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सयले बढेर तोलाको ९२ हजार ८०० सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२६० रुपैयाँ पुगेको जनाएको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला १२५० रुपैयाँ थियो ।

 



प्रतिक्रिया दिनुहोस !