११ कार्तिक २०८१, आइतबार

नेप्सेमा ५ कम्पनीको सेयरमूल्य समायोजन, कसको मूल्य कति ?

प्रकाशित मिति :  5 January, 2022 12:21 pm


काठमाडौं ।  दुई फाइनान्ससहित ५ कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि मल्टीपर्पस फाइनान्स, पोखरा फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त र कालिका लघुवित्तको तथा हकप्रद प्रयोजनका लागि छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा समायोजन गरेको हो।

समायोजित मूल्यअनुसार प्रतिकित्ता मल्टीपर्पसको ४१६.८१ रुपैयाँ, पोखराको ४४०.४३ रुपैयाँ, जनउत्थानको २३८३.२० रुपैयाँ, कालिकाको ११६३.७२ रुपैयाँ र छ्याङ्दीको ३९६.१५ रुपैयाँ कायम भएको छ ।

यसअघि हिजो मंगलबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता मल्टीपर्पसको ४७१ रुपैयाँ, पोखराको ४७६ रुपैयाँ, जनउत्थानको २९७९ रुपैयाँ, कालिकाको १३१५ रुपैयाँ र छ्याङ्दीको ४८५ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी कम्पनीको सेयर कारोबामार आउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि मल्टीपर्पस, पोखरा, जनउत्थान र कालिकाले आज पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो पुस २० गतेसम्म कायम सेयरधनीले यी कम्पनीको लाभांश पाउन र सभामा भाग योग्य भएका छन्।

त्यस्तै छ्याङ्दी हाइड्रोपावरले हकप्रद प्रयोजनका लागि आज पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्। कम्पनीले १०ः३ अर्थात चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ ।

मल्टीपर्पसले गत आर्थिक वर्षका लागि कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने पोखरा फाइनान्सले कुल ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यसैगरी जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २६.३१५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने कालिका लघुवित्तले पनि १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।



प्रतिक्रिया दिनुहोस !