११ माघ २०८१, शुक्रबार

गच्छदार अब ‘भागि हिँडछन् कि प्रम निवास बसिरहन्छन्’

प्रकाशित मिति :  5 January, 2022 3:09 pm


काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा देउवा मनोनीत नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदार ‘भागि हिँड्छन् कि प्रम निवास बसिरहन्छन्’ भन्ने चर्चा चल्न थालेको छ ।

बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व उपप्रधानमन्त्री वजयकुमार गच्छदारलगायत तीन सय जनालाई पक्राउ पूर्जी जारी गरेपछि यस्तो चर्चा चल्न थालेको हो ।

ब्युरोका निर्देशक धिरजप्रताप सिंहले सार्वजनिक गरेको जानकारी अनुसार पक्राउ पूर्जी जारी भएकाहरूमा ‘हाइप्रोफाइल’ व्यक्तिसमेत रहेका छन् ।

सो पुर्जीमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत समावेश रहेका छन् ।

ब्युरो स्रोतका अनुसार ‘हाइप्रोफाइल’ लाई पक्राउ नगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाने तयारी गरिएको छ ।

बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले यस अघि नै पक्राउ गरेको थियो । उनीहरू अहिले थुनामा छन्।

गृहमन्त्री आफ्नै पार्टीको भएकोले गच्छदारलाई यस्ता सहुलियत उपलब्ध हुनु नौलो नहुने कुरो पनि चर्चामा चलेको छ ।



प्रतिक्रिया दिनुहोस !