६ आश्विन २०८१, आइतबार

अचानक आएको बादलले भारतको संयुक्त सेना प्रमुख रावत दम्पत्तिसमेत चौधको ज्यान लिएको खुलासा

प्रकाशित मिति :  5 January, 2022 4:34 pm


काठमाडौं ।अचानक आएको बादलले भारतको संयुक्त सेना पहिलो प्रमुख (फस्ट चीफ अफ डिफपेन्स स्टाफ)जनरल विपिन रावत दम्पत्ति समेत चौधको ज्यान लिएको खुलासा भएको छ ।

हेलिकप्टर उडेको केही बेरमै भएको दुर्घटना संयुक्त सेनाका पहिलो प्रमुखको जिम्मेवारी पाएका रावत र उनकी पत्नी समेत गरी चौध जनाको मृत्युको घटनाबारे छानबिन समितिसँग सम्बद्ध व्यक्तिले यस्तो खुलाएको समाचार द प्रिन्टमा सार्वजनिक भएको हो ।

हवाई सेनाका प्रमुख मार्सल भीआर चौधरी, भारतीय सेनाका प्रमुख र हवाई सेनाका मार्सल मानवेन्द्रसिंह, हवाई सेनाका कमान्डिंग इन्चिफ अफ द टेनिंग कमाण्डसहितको टोलीले जनरल रावत र उनकी पत्नी समेत गरी चौध जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन बारे भारतका रक्षामन्त्री राजनाथ सिंहलाई संक्षिप्त जानकारी बुधबार दिएको छ ।

यो कुनै किसिमको प्राविधिक त्रुटि, आक्रमण वा मिसाइल आक्रमणबाट सो दुर्घटना नभएको छानबिनबाट जानकारी भएको हो ।

छानबिन समितिले घटनास्थल वरपर रहेका पर्यटकहरुले खिचेको भिडियोमा हेलिकप्टर बादलमा हराएको देखिन्छ । दुर्घटना हुन केही समय अघि मात्र बादलमा हेलिकप्टरमा हराएको छानबिनमा पनि देखिएको हो ।



प्रतिक्रिया दिनुहोस !