६ आश्विन २०८१, आइतबार

सुरक्षा व्यवस्थामा गडबडीका कारण मोदीको पूर्वनियोजित कार्यक्रम खारेज

प्रकाशित मिति :  5 January, 2022 5:30 pm


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पूर्व नियोजित आमसभा कार्यक्रम मोदीको सुरक्षा व्यवस्थामा गडबडीका कारण खारेज गरिएको छ ।

पञ्जाब प्रान्तको फिरोजपुरमा मोदीको आमसभा सुरक्षामा गडबडीका कारण रोकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको लस्कर एक फ्लाइओभरमा करिब १५देखि २० मिनेटसम्म रोकिएको थियो ।

र्याली खारेज भएपछि मोदी बण्ठिडा एयरपोर्ट फर्किएपछि पञ्जाबको कांग्रेस सरकारप्रति आरोप लगाउँदै अभिव्यक्ति सार्वजनिक गरे ।

उनले न्युज एजेन्सी एएनआईलाई दिएको जानकारीमा भने मुख्यमन्त्रीलाई मेरो आभार प्रकट गर्नु कि म बाण्ठिडा एयरपोर्ट जिउँदै पुग्न सकेको छु ।

भारतीय जनता पार्टीले प्रधानमन्त्री मोदीको कार्यक्रम रद्द हुनु कांग्रेस पार्टीको षडयन्त्र भएको आरोप लगाएको छ । र्याली खारेज गरिनुमा किसानको विरोध र पञ्जाबीहरु माझ मोदीको अस्वीकार्यता भएको त्यहाँका किसानहरुले दाबी गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !