१३ मंसिर २०८१, बिहिबार

यसरी घरमै बनाउन सकिन्छ स्वादिष्ठ चाकु

प्रकाशित मिति :  6 January, 2022 12:32 pm


काठमाडौं ।  माघी पर्व अर्थात माघे संक्रान्ति पर्व जसलाई ध्यू चाकु, तरुल, खिचडी जस्ता परिकार खाएर मानउने गर्दछौ । आफ्नो परम्परा र चलन अनुसार माघे संक्रान्ति पर्व मनाउने चलन नेपाली समाजमा रहेको छ ।

बजारमा पाइने चाकुको तुलनामा घरमै बनाएको चाकु स्वास्थ्यका लागि राम्रो मानिन्छ । संखरबाट तयार भएको चाकु स्वास्थयका लागि पनि निकै राम्रो मानिन्छ ।

कोरोनाको माहामारी कारण हामी बजारमा खुले आम हिड्न नसकेको अवस्थामा घरमै स्वादिष्ट चाकु बनाएर आफन्त तथा साथीभाई लाई खुवाउन सक्छौ ।

आज हामीले घरमा कसरी सजिलै मिठो र स्वादिष्ठ चाकु बनाउन सकिन्छ भन्ने तरिका यँहा प्रस्तुत गरेका छौं ।

चाकुका लागि चाहिँने सामाग्री

१ संखर
२ बदाम
३ काजु
४ ध्यू
५ मरिचको धुलो
६ नरिवल

बनाउने तरिका

संखरलाई ठाउँ अनुसारको भाषाले चिनिने गरिन्छ । संखरलाई गुण वा भेली पनि भन्ने चलन छ । पहिले संखरलाइ सानो सानो टुक्रा पार्नुहोस् अनि चाकुका लागि आवश्यक बदाम र काजुलाई हल्का भुट्नुहोस । नरिवललाई मसिनो टुक्रा पारि काट्ने वा धुलो पार्नुहोस् एउटा कराईमा आधा चम्चा ध्यू राख्नुहोस ध्यू तातो भए पछि त्यो संखरलाइ कराइमा खन्याउनुहोस् । लगभग २० मिनेटसम्म सानो आगोमा पकाउनुहोस् । पाक्दै गरेको संखरलाई चलाई रहनु पर्ने हुन्छ नचलाएको खण्डमा चाकु डढ्ने र तितो हुनसक्छ ।

२० मिनेट पश्चात अघि तयार गरेको बदाम र नरिवललाई संखरको पाकमा राख्नुहोस् सँगै मरिचको धुलो पनि मिसाउनुहोस् मरिचले चाकुलाई थप मिठो बनाउछ । पाकी रहेको संखर चलाइरहनुहोस् जब बदाम र नरिवल संखरसँग लपक्प टाँसिएको हुन्छ त्यस पछि त्यो संखरको पाकलाई एउटा स्टिलको प्लेटमा अलिकति ध्यु राखेर खन्याउनुहोस् ।

माथिबाट मात्रा अनुसार काजुको टुक्रा र नरिवलको मसिनो टुक्रा राख्नुहोस् । अब आधा घण्टाका लागि त्यो चाकुलाइ चिसो ठाउँमा राख्नु होस चिसोका कारण चाकु छिटो जम्न मद्दत गर्दछ । तर त्यसको लागि फ्रिजको प्रयोग भने नगर्नुहोला । आधा घण्टा पछि चाकु खानका लागी तयार हुन्छ ।



प्रतिक्रिया दिनुहोस !