११ कार्तिक २०८१, आइतबार

नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन

प्रकाशित मिति :  6 January, 2022 3:14 pm


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ ।

बिहीबार मन्त्री स्तरीय निर्णयले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् ।

सहसचिव लुइँटेलले आफ्नो नेतृत्वमा समिति गठन भएको पत्र प्राप्त भएको र समितिले ३ दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !