११ कार्तिक २०८१, आइतबार

मध्यविन्दुमा तीन करोडका योजना थपिए

प्रकाशित मिति :  6 January, 2022 5:22 pm


नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्र रु तीन करोडभन्दा बढीको योजना थप गरेको छ । नगरपालिकाको दशौँ नगरसभाका क्रममा सो रकम बराबरका नगरस्तरीय योजना थप गरिएको हो ।

नगर उपप्रमुख ओमकुमारी महतोका अनुसार समपूरक बजेटबाट थप भएका योजनामा गिरुबारी खोला र अरुणखोला तटबन्धनका लागि रु एक/एक करोड विनियोजन भएको छ । गत कात्तिक पहिलो साता गिरुवारी र अरुणखोलामा आएको बाढीले धेरै क्षति गरेको थियो ।

नगरसभाले अनुमानित राजस्व तथा अनुदान प्राप्तिसमेत संशोधन गरेको छ । यस अघिको नगरसभामा अनुमानित आय रु एक अर्ब दुई करोड ३५ लाख रहेकामा आज सम्पन्न नगरसभाले उक्त रकम संशोधन गरी रु एक अर्ब पाँच करोड ४२ लाख पारित गरेको छ ।

चालू आर्थिक वर्ष २०७८र७९ को बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गर्दै २०७८ पुस १५ गतेसम्म   चालूतर्फ २४।१३ प्रतिशत र पुँजीगततर्फ ५।५४ प्रतिशत रकम खर्च भएको उपप्रमुख महतोले जानकारी गराए । यस अवधिमा चालूतर्फ रु १३ करोड १३ लाख ७६ हजार तथा पुँजीगततर्फ रु दुई करोड ६६ लाख खर्च भएको उनले बताए ।

नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले सबै वडामा स्वास्थ्य संस्थाको स्थापना, सडक पूर्वधारको निर्माण, खानेपानी आयोजना, नगरको सुविधा सम्पन्न आफ्नै भवन, विभिन्न ठूला योजनाको लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारलगायत काम भएको बताए । रासस



प्रतिक्रिया दिनुहोस !