११ कार्तिक २०८१, आइतबार

मौसम पूर्वानुमान : देशभर हल्का बर्षाको सम्भावना

प्रकाशित मिति :  7 January, 2022 8:11 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ । शुक्रबार देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती भने प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ ।

प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक\दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसमी प्रणालीका कारण चिसो बढ्ने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।



प्रतिक्रिया दिनुहोस !