११ कार्तिक २०८१, आइतबार

सुनको मूल्य तोलामा ७००ले घट्यो

प्रकाशित मिति :  7 January, 2022 11:26 am


काठमाडौं । नेपाली बजारमा यो साताको अन्तिम कारोबारमा सुनको मूल्य घटेको छ । बिहिबार ९२ हजार ३ सयमाकारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार प्रतितोला ७ सयले घटेर तोला ९१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचााँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सयमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ रहेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार प्रतितोला १२३५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साताको शुक्रबार सुनको मूल्य ९२ हजार ७ सयमा कारोबार भएको थियो भने चाँदी १२६० रुपैयाँ थियो ।



प्रतिक्रिया दिनुहोस !