६ आश्विन २०८१, आइतबार

इटली इण्डियाबाट आएका तेह्र कोभिड संक्रमित क्वारेन्टिन छलेर भागे

प्रकाशित मिति :  7 January, 2022 12:12 pm


काठमाडौं । भारतको अमृतसरस्थित स्थापना गरिएको क्वारिन्टनमा नबसी कम्तीमा १३ जना कोभिड संक्रमित हवाई यात्रु भागेका छन् ।

इटलीको मिलानबाट आएको यात्रु वाहक विमानमा संक्रमित रहेका १२५ जना मध्ये उनीहरु रहेका थिए ।

उनीहरुलाई बुधबार चार्टर्ड गरी ल्याइएको थियो ।

१३ जना मध्ये ९ जना विमानस्थलबाट बेपत्ता भएका थिए भने अन्य ४ जना स्थानीय अस्पतालका अधिकारी शेरजंगले बीबीसीलाई जानकारी दिएका छन् ।

प्रहरीले उनीहरु विरुद्ध सिकायत दर्ता गर्ने भएको जनाएका छन् ।

भारतमा शुक्रबार १लाख संक्रमित भएको उल्लेख गरिएको छ । ओमिक्रोन भेरियन्टका कारण यो संक्रमण द्रुतगतिमा बढेको पाइएको छ ।

कुल १६० जना यात्रुहरु इटली इण्डिया विमानमा यात्रा गरिरहेका थिए ।बालबालिका गरी शिशुको संख्या ती मध्ये १९ जना थिए । उनीहरुको कोभिड परीक्षण गरिएको थिएन् ।

टेलिभिजन फुटेजमा विमानस्थलमा एम्बुलेन्सहरु संक्रमितलाई लिन पुगेको देखिन्छ ।

सबै संक्रमितहरुलाई गुरु नानक देव अस्पलतामा भर्ना गरिएका थिए ।

विमानस्थलबाट चार जना कसरी उम्किन सफल भएको कुरा अझ स्पष्ट हुन सकेको छैन् ।

एनडीटीभी च्यानलले ९ जना अस्पतालका कर्मचारीलाई छलेर भागेको जनाएको छ ।

प्रहरीले उनीहरुको पासपोर्ट खारेज गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !