११ कार्तिक २०८१, आइतबार

छ्याङदी हाइड्रोपावरले माघ ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

प्रकाशित मिति :  7 January, 2022 12:34 pm


काठमाडौं । छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले माघ ११ गतेदेखि ३०% हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

जसअनुसार कम्पनीले हकप्रद सेयर जारी गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले पुस २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

कम्पनीले उक्त हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।यो हकप्रद लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा कार्यालयहरु बेंसीशहर, सुन्दर बजार, भोर्लेटार, सिउँडीबार, उदिपूर र दोर्दी शाखबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस !