६ आश्विन २०८१, आइतबार

पूर्व सोभियत गणराज्य कजाख्स्तानमा रुसी सैनिक गठबन्धनको हस्तक्षेप

प्रकाशित मिति :  7 January, 2022 12:40 pm


काठमाडौं । रुसी नेतृत्वको सैनिक गठबन्धनले पूर्व सोभियत गणराज्य कजाख्स्तानमा सेना पठाएको छ ।

रणनीतिक क्षेत्रका सम्पदाको सुरक्षा दिइ त्यहाँ स्थायित्व कायम गर्ने कजाख्स्तानको अभियानमा रुसी गठबन्धन सेनाको मुख्य काम हुने गठबन्धन सेनाका प्रमुखले जनाएका छन् ।

कलेक्टिभ सेक्युरिटी टिटी अर्गनाइजेसन सीएसटीओका महासचिव स्टानिस्लाभ जासले स्पुतनिकलाई दिएको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

अर्मेनिया, बेलारुस, कजाख्स्तान, किर्गीस्ता, रसिया र ताजिकिस्तान समेत गरी ६ पूर्व सोभियत गणराज्यहरुको सैनिक संगठन सीएसटीओ हो ।
कजाख्स्तानका राष्टपति कासेम जोमार्ट तोकायेभले सीएसटीओलाई सैनिक सहयोग गर्न भने पछि रुसी नेतृत्वको सेना त्यहाँ पुगेको हो ।

इन्धनको मूल्यमा वृद्धि भएपछि प्रदर्शन चर्किएपछि राष्टपतिले सरकार विघटन गरी अन्तरिम सरकार गठन गरेका थिए । त्यसपछि आपत्कालीन घोषणा गरी राष्टपतिले विदेशी आतंकवादीहरुको उपद्रव शान्त गर्न सैनिक सहयोग मागेका थिए ।

रुस र बेलारुसका सैनिक समूह कजाख्स्तानमा पुगिसकेको छ ।अढाई हजार हवाइ सैनिक तथा विशेष सेनाको समूहले शुक्रबार रातिसम्म अपरेसन सञ्चालन गर्ने भएको छ ।

यो सैनिक अपरेसनको दुई प्राथमिक लक्ष्यहरु रहेको गठबन्धनका महासचिव जासले बताए ।

सरकारी महत्वपूर्ण ठेकान, रणनीतिक ठेकान र आम जनतालाई सुरक्षा दिलाउन रहेको छ ।

रुसी सेनाको परिचालन कजाख शहरहरुमा प्रदर्शनकारीहरुसँगको भिडन्तका लागि परिचालन नगरिने भएको छ । प्रदर्शनकारीहरुसँगको सुरक्षा दिलाउने काम कजाख्स्तानको पुलिस र सेनाको हुनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस !