६ आश्विन २०८१, आइतबार

चिनियाँ वैज्ञानिकले व्यापार गूढ नीति चोरेको स्वीकारेको अमेरिकी दाबी

प्रकाशित मिति :  7 January, 2022 1:12 pm


काठमाडौं । एक चिनियाँ वैज्ञानिकले व्यापार गूढ नीति चोरेको स्वीकार गरेको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकाको कृषिरसायन सम्बन्धी कम्पनी मोसान्टोमा काम गरिरहेका बेला उनले गूढ व्यापार नीति चोरेको र आर्थिक जासुसी सम्बन्धी अपराध गरेको ४४ वर्षीय वैज्ञानिक सिआंग हाइताओले स्वीकारेको अमेरिकाको न्याय मन्त्रालयले जनाएको छ ।

अमेरिकी न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

मिसौरीको मोनसान्टोमा वैज्ञानिकको काम गरिरहेका बेला त्यो टेड सेक्रेट चोरेको आरोप लगाइएको थियो ।

कम्पनीमा काम छोडेपछि सिआंग चीनको एकतर्फी टिकट किनेको र अधिकारीहरुले मोनसान्टोको न्युटियन्ट ओप्टिमाइजर अल्गोरिथ्मको एक प्रतिलिपि लिएको फेला पारेको आरोप लगाइएको छ ।

कम्पनीले त्यो प्रतिलिपिलाई व्यापार गूढ नीति भएको दाबी गरेको छ ।

यो अभियोगमा दोषी ठहर भए १५ वर्षको जेल सजाय र ५० लाख अमेरिकी डलर बराबरको जरिवाना हुनेछ । उनको फैसला अप्रिल ७मा तय हुनेछ ।

गत महिना हार्वाड युनिभर्सिटीको रसायन विभागमा काम गर्ने पूर्व प्रमुखलाई चीन र उहानको इन्स्टिच्युटसँग सम्पर्कको अभियोगमाा दोष ठहर गरिएको थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस !