६ आश्विन २०८१, आइतबार

अमेरिकामा तीनहजार भन्दा बढी विद्यालयहरु बन्द

प्रकाशित मिति :  7 January, 2022 1:42 pm


वासिङटन । कोरोना माहामारीका कारण अमेरिकामा तीनहजार भन्दा बढी विद्यालयहरु बन्द भएका छन् । अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् ।

कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । यहाँ अहिले पनि लाखौै संक्रमित भेटिने गरेका छन् । अमेरिकामा कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको छ ।

स्वास्थ्य अधिकारीहरुले यहाँ पछिल्ला केही हप्तादेखि कोरोनाका संक्रमितहरु निकैनै बढ्दै गएकोले हालसम्म ३ हजार २२९ विद्यालय बन्द भएको बताइएका छन् । जसमा सबैभन्दा धेरै न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका छन् ।

त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरु बन्दै गरिएको बताइएको छ ।

गएको ११ दिन यता यहाँ कोरोनाका संक्रमितहरु दोब्बर भन्दा पनि बढी देखिएका छन् । जसका कारण यहाँका अरु धेरै क्षेत्रमा पनि बन्द गर्नुपर्ने अवस्था छ भने विद्यालयहरु पनि बन्द भएका बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस !