६ आश्विन २०८१, आइतबार

कजाख राष्टपतिद्वारा बिना चेतावनी घातक बल प्रयोग गर्न अनुमति

प्रकाशित मिति :  7 January, 2022 2:49 pm


काठमाडौं । पूर्व रुसी गणराज्य कजाख्स्तानका राष्टपतिले प्रदर्शनकारी विरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएका छन् ।

इन्धनको मूल्य वृद्धिको विरोधमा चर्किदै गएको प्रदर्शनको माग अनुरुप सरकार विघटन गरी अन्तरिम सरकार बनाएका राष्टपतिले रुसी गठबन्धनसँग सैनिक सहयोग मागेका थिए ।

रुसी गठबन्धन सेना कजाख्स्तान पुगेपछि प्रदर्शनकारी विरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएका हुन् । यसको जानकारी आरटी डटकमले जनाएको छ ।

यसअघि रणनीतिक क्षेत्रका सम्पदाको सुरक्षा दिइ त्यहाँ स्थायित्व कायम गर्ने कजाख्स्तानको अभियानमा रुसी गठबन्धन सेनाको मुख्य काम हुने गठबन्धन सेनाका प्रमुखले जनाएका थिए ।

कलेक्टिभ सेक्युरिटी टिटी अर्गनाइजेसन सीएसटीओका महासचिव स्टानिस्लाभ जासले स्पुतनिकलाई दिएको एक अन्तर्वार्तामा यस्तो बताए ।
अर्मेनिया, बेलारुस, कजाख्स्तान, किर्गीस्ता, रसिया र ताजिकिस्तान समेत गरी ६ पूर्व सोभियत गणराज्यहरुको सैनिक संगठन सीएसटीओ हो ।
कजाख्स्तानका राष्टपति कासेम जोमार्ट तोकायेभले सीएसटीओलाई सैनिक सहयोग गर्न भने पछि रुसी नेतृत्वको सेना त्यहाँ पुगेको हो ।

इन्धनको मूल्यमा वृद्धि भएपछि प्रदर्शन चर्किएपछि राष्टपतिले सरकार विघटन गरी अन्तरिम सरकार गठन गरेका थिए । त्यसपछि आपत्कालीन घोषणा गरी राष्टपतिले विदेशी आतंकवादीहरुको उपद्रव शान्त गर्न सैनिक सहयोग मागेका थिए ।

रुस र बेलारुसका सैनिक समूह कजाख्स्तानमा पुगिसकेको छ ।अढाई हजार हवाइ सैनिक तथा विशेष सेनाको समूहले शुक्रबार रातिसम्म अपरेसन सञ्चालन गर्ने भएको छ ।

यो सैनिक अपरेसनको दुई प्राथमिक लक्ष्यहरु रहेको गठबन्धनका महासचिव जासले बताए ।

सरकारी महत्वपूर्ण ठेकान, रणनीतिक ठेकान र आम जनतालाई सुरक्षा दिलाउन रहेको छ ।

रुसी सेनाको परिचालन कजाख शहरहरुमा प्रदर्शनकारीहरुसँगको भिडन्तका लागि परिचालन नगरिने भएको छ । प्रदर्शनकारीहरुसँगको सुरक्षा दिलाउने काम कजाख्स्तानको पुलिस र सेनाको हुनेछ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !