६ आश्विन २०८१, आइतबार

कजाख्स्तानमा इन्टरनेट बन्द भएपछि बिटक्वोइनको मूल्यमा तिखो ओरोलो

प्रकाशित मिति :  7 January, 2022 3:31 pm


काठमाडौं । बिटक्वोइनको दोस्रो ठूलो केन्द्रको रुपमा चिनिएको कजाख्स्तानमा बिटक्वोइनको मूल्यमा तिखो ओरालो लागेको छ ।

निरन्तरको प्रदर्शन चर्किदै गएपछि त्यहाँ इन्टरनेट बन्द गरिदिएकाले बिटक्वोइनको मूल्य झरेको हो ।

क्रिप्टोकरेन्सी बिटक्वोइनको मूल्य ४२ हजार ७८६ अमेरिकी डलरमा झरेको छ । यो दैनिक ८.५ प्रतिशतले झरेको छ ।

डेटा प्रदायक कम्पनी नेटब्लोकले इन्टरनेट सेवामा गडबडी भएकाले समस्या उत्पन्न भएको जनाएको छ । ४ जनवरी २०२२देखि इन्टरनेटमा गडबड हुँदै आएकोमा बुधबार देशभरको इन्टरनेट बन्द भएको थियो ।

बिटक्वोइनको मूल्यमा ह्रास आउने अर्को कुरो अमेरिकाको केन्द्रीय बैंक फेडले ब्याजदर बढाउने संकेत गरेको छ । मार्चदेखि फेडले ब्याज दर बढाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस !