६ आश्विन २०८१, आइतबार

मानव मस्तिष्क पढ्ने चिनियाँ रोबोट

प्रकाशित मिति :  7 January, 2022 3:56 pm


काठमाडौं । चिनियाँ वैज्ञानिकहरुले मानव मस्तिष्क पढ्ने रोबोट बनाएका छन् ।

यो रोबाट मानिसले पहिरिन सक्ने गरी बनाइएको छ । यो रोबोटले मानिसको मस्तिष्कका तरंग तथा मांशपेशीका गतिविधिलाई निगरानी गरी पढ्ने भएको छ । विकासकर्ताहरुले मानिसका मनसायलाई ९६ प्रतिशत रोबोटले पहिचान गर्न सक्ने दाबी गरेका छन् ।

कारखानाका मजदुरहरुमा यो डिभाइसको परीक्षण गरिएको छ । चाइना थ्री जर्जेज युनिभर्सिटीमा इन्टेलिजेन्ट म्यानुफ्याक्चरिंग इनोभेसन टेक्नोलोजी सेन्टरका अनुसन्धानकर्ताहरुले मजदुरहरुमा यसको परीक्षण गरी यसको विकास गरिरहेका छन् ।

यो अध्ययनको कार्यपत्रले प्रयोगशालामा प्राप्त नतिजाहरु कारखाना बाहिर कतिको प्राप्त हुन सक्छ त्यसबारे केही खुलाएको छैन् ।

यो सेन्सर मजदुरको टोपी र पोशाकमा जडान गर्न सकिन्छ । अनुसन्धानकर्ताहरुका अनुसार पसिना वा अनियमित हिँडाइडुलाइले यसले दिने संकेतको स्तरमा असर गर्न सक्छ । रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !