३ आश्विन २०८१, बिहिबार

आईक्यानकै अध्यक्ष युद्धराज ओलीले तिरेनन् भ्याट

प्रकाशित मिति :  9 January, 2022 9:52 am


काठमाडौं । मुलुकभित्र आर्थिक सुशासन कायम गराउने लेखापरीक्षकहरूको सर्वोच्च संस्था, नेपाल चार्टर्ड एकाउटेन्ट संस्था (आईक्यान) का बहालवाला अध्यक्ष युद्धराज ओली नै मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्नेको सूचीमा परेका छन् । आन्तरिक राजस्व कार्यालय, पुतलीसडकका अनुसार ओलीको ‌लेखापरीक्षण फर्म पी. वाई.सी एन्ड एसोसियटस्‌ले ४० लाख ८२ हजार रुपैयाँ भ्याट नतिरेको हो ।

आन्तरिक राजस्व कार्यालयले विभिन्न मितिमा कार्यालयबाट पत्राचार, टेलिफोन, संकलन भ्रमण तबाट बक्यौता मूल्य अभिवृद्धि कर दाखिल मनं जानकारी गराइएकोमा हालसम्म पनि दाखिला गरेको वा गर्न नपर्ने प्रमाण पेश नगरकोले बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न भन्दै ओलीसहित २३५ फर्मका नाममा सूचना प्रकासित गरेको हो ।

ओलीको पीवाईसी एन्ड एसोसियट्स सन् २००२ मा दर्ता भएको साझेदारी फर्म हो । ओली आईक्यानको अध्यक्ष भएपछि उनी आफू लेखापरीक्षणमा सहभागी हुन नमिल्ने व्यवस्था छ ।

भ्याट नतिर्नेहरूको सूचीमा व्यावसायी रोहिणी थपलिया, राकेशकुमार अग्रवाल, नाम चलेका ठेकेदार शकुन्तलाल हिराचन,आङकाजी शेर्पादेखि सरकारी कम्पनी नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी, होटल माउन्टेन, नाइन्टिन ओ फाइभलगायतका कम्पनी र फर्महरू छन् ।

मिडिया हाउसको पनि बक्यौता

विभागका अनुसार एभिन्युज टेलिभिजनको ५ करोड ३५ लाख, बिजमाण्डु प्रालि (ओम थापा)को ४३ लाख ६ हजार, सिर्जना इन्टरनेसनल मिडिया प्रा.लि (बोधराज त्रिपाठी)को ६० लाख ७ हजार, एबीसी मिडिया ग्रुप (शुभशंकर कँडेल)को ११ लाख ९२ हजार, स्पेश टाइम नेटवर्क (दीपककुमार मलहोत्रा) ४० लाख २९ हजार रुपैयाँ भ्याट बक्यौता बाँकी छ ।

“कोभिड कारण देखाएर विज्ञापन एजेन्सीबाट पैसा नउठेका कारणले भ्याट बक्यौता देखिएको हो,  बजारबाट नउठे पनि कम्पनीका तर्फबाट आफ्नै गोजीबाट हरेक महिनाको २५ गतेभित्र भ्याट दाखिला गर्नुपर्छ, नियतबस नतिरिएको होइन,” एक मिडिया सञ्चालकले भने ।

राजस्व कार्यालयको सूचनामा आरोग्य मिडिया। द क्यापिटल मार्केटिङ, कम्युनिकेट मिडिया,  एसिया प्यासिफिक कम्युनिकेन्स एशोसिट प्रालि र न्यूज मिडिया प्रालि ( दुवैको प्रभाश‍ंकर श्रीवास्तव सञ्चालक, द हिमालयन टाइम्पस र बिक्रीपूर्वको अन्नपूर्ण पोस्टको व्यावसायिक कम्पनीहरू), स्पार्क इन्साइट एडभर्टाइजिङ एन्ड मार्केटिङसहितका विज्ञापन एजेन्सीले पनि भ्याट नतिरेको उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !