११ माघ २०८१, शुक्रबार

लिपुलेकमा भारतले सडक विस्तारको कार्य जारी राखेको भन्दै राष्ट्रिय जनमोर्चाको आपत्ति

प्रकाशित मिति :  9 January, 2022 11:46 am


काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तारको कार्य जारी राखेको भन्दै आपत्ति जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति प्रकाशित गरी गर्दै सडक निर्माणको कार्यमाथि तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा सडक विस्तारको कार्य चलिरहेको बताएका थिए । राष्ट्रिय जनमोर्चाले भनेको छ,“भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा त्यसको घोर विरोध गर्दै नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न माग गर्दछौँ ।”

जनमोर्चा सत्ता गठबन्धनमा छ ।

गत साल भारतले नेपालको कालापानी क्षेत्र अन्तरतग लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्नुका साथै भारतका रक्षामन्त्रीले भर्चुअल माध्यमबाट त्यसको उद्घाटन गरेका थिए । लगत्तै नेपालमा चर्को विरोध भएको थियो ।

तात्कालिन अवस्थामा नेपाल सरकारले पनि उक्त कार्यको विरोध गर्दै भारतलाई कूटनैतिक नोट पठाएकोे थियो । त्यसका बाबजुद पनि भारतीय साम्राज्यवादले सडक विस्तारको काम जारी राखेको छ ।



प्रतिक्रिया दिनुहोस !