११ कार्तिक २०८१, आइतबार

आइतबार सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  9 January, 2022 12:42 pm


काठमाडौं । साताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य स्थिर रहँदै ९१ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाला सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । । गत शुक्रबार प्रतितोला १० रुपैयाँले घटेर चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।



प्रतिक्रिया दिनुहोस !