१३ मंसिर २०८१, बिहिबार

परिमार्जन गरेरमात्र एमसीसी पारित हुन्छ : प्रचण्ड

प्रकाशित मिति :  29 February, 2020 2:35 pm


Chairperson of Nepal Communist Party Pushpa Kamal Dahal addressing at an event organised by Newa Mukti Morcha Nepal in Madhyapur of Bhaktapur on Sunday, October 27, 2019.

सिन्धुपाल्चोक, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने स्पष्ट पारेका छन् ।

प्रेस सङ्गठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए । अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे ।

आग्रह नमाने राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो । उनले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहोराए । अध्यक्ष प्रचण्ड चौतारा सागाचोकगढी नगरपालिकाको सुकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रबार सुकुटे पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !