१३ मंसिर २०८१, बिहिबार

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

प्रकाशित मिति :  10 January, 2022 12:34 pm


काठमाडौं । सरकारले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्न सिफारिस गरेपछि कार्यान्वयनमा लैजाने निर्णय गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

प्रवक्ता शर्माका अनुसार मन्त्रालयले सीसीएमसीको सिफारिस विद्यालय बन्द गर्ने सम्बन्धमा आजै सूचना जारी गर्ने तयारी गरेको छ ।

कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !