११ कार्तिक २०८१, आइतबार

अर्थमन्त्री लकडाउन लगाउनपर्ने मागको विरोधमा

प्रकाशित मिति :  10 January, 2022 12:29 pm


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा लकडाउन लगाउनुपर्ने मागको विरोधमा उभिएका छन् ।

उनले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा सोमबार राजधानीमा बोल्दै उनले यस्तो बताए ।

मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको बताए । महामारीबाट प्रभावित आर्थिक क्षेत्रको परिणाम रहेको बताउँदै अब फेरे पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए ।

बजारमा उत्पन्न तरलताको समस्या समाधानका लागि सरकार लागिरहेको बताउँदै अर्थमन्त्री शर्माले संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे ।

तरलता अभाव भइरहेको बेला अनावश्यक व्यापारिक माल वस्तुको आयातमा कमी ल्याउन मन्त्री शर्माले निजी क्षेत्रका व्यापारीलाई आग्रह गरे । पुँजीगत खर्च बढाउन अर्थमन्त्रालयले निकै जोडबल गरिरहेको पनि उनले खुलाए ।



प्रतिक्रिया दिनुहोस !