११ कार्तिक २०८१, आइतबार

भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड

प्रकाशित मिति :  10 January, 2022 1:02 pm


काठमाडौं ।  भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ ।

सहकारीको वार्षिक साधारणसभाका अवसरमा सेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी सेयर पुँजी रु तीन करोड २१ लाख ९२ हजार १०० पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ ।

तीस सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुआत गरिएको थियो । भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन् ।

साधारणसभाको उद्घाटन गर्दै काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष दीपक पनेरुले शेयरको तुलनामा १५ गुणा बढी बचत हुनुपर्ने कानूनी व्यवस्था पालना गर्न अनुरोध गरे।

काठमाडौँ महानगरपालिका वडा नं २८ का अध्यक्ष भाइराम खड्गीले शेयर सदस्य, शेयर पुँजी एवं बचतसमेत वृद्धि गर्न सुझाव दिए। समाजकल्याण परिषद्का नाममा रहेको भृकुटीमण्डप बजारमा करिब एक हजार ३०० पसल सञ्चालनमा छन् ।



प्रतिक्रिया दिनुहोस !