११ कार्तिक २०८१, आइतबार

प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा

प्रकाशित मिति :  10 January, 2022 1:48 pm


काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले ५ लाख ३८ हजार कित्ता संस्थापक सेयर आज (सोमबार) देखि लिलामीमा बिक्री खुला गरेको हो ।

कम्पनीको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयरमा इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले माघ ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । लिलामीमा खरी दगर्ने आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोलमा आवेदन दिनेछन् ।

बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको उक्त लिलामी सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस !