११ कार्तिक २०८१, आइतबार

सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

प्रकाशित मिति :  10 January, 2022 6:52 pm


रासस

कैलाली । अत्तरिया उद्योग वाणिज्य सङ्घले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ ।

उद्योग वाणिज्य सङ्घले आज विज्ञप्ति जारी गर्दै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ ।

कोभिड–१९ तीव्र रुपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएको सङ्घका अध्यक्ष अशोकराज देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् भनेर स्थगित गरिएको उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस !