१२ पुस २०८१, शुक्रबार

नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा मेरो संलग्नता छैन : देउवा

प्रकाशित मिति :  1 March, 2020 3:38 pm


काठमाडौं, १८ फागुन ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेकस छन् ।

प्रतिनिधिसभाको अाईतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर उनले हालै नेपाल ट्रष्टको कार्यालयद्वारा सार्वजनिक गरेको श्वेतपत्रमा राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो नाम जोडिएको आरोप लगाउँदै दुःख व्यक्त गरे । ‘यसमा अनावश्यकरुपमा मेरो नाम जोडेर राजनीतिक पूर्वाग्रह साधिएको छ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘मेरो कार्यकालमा नेपाल ट्रष्टको जग्गा भाडामा दिनेसम्बन्धी कुनै निर्णय भएको छैन, यसप्रति मेरो आपत्ति छ ।’

नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोरखेलले केही दिनअघि श्वेतपत्र सार्वजनिक गर्दै यति होल्डिङ्सलाई दिइएको भनिएको जग्गासम्बन्धी निर्णयमा तत्कालीन प्रधानमन्त्रीका हैसियतले देउवा जोडिएको उल्लेख छ । नेपाल ट्रष्ट, गोकर्ण रिसोर्ट, नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ठूलो अनियमिता भएको आरोप लगाउँदै उनले यस विषयमा सरकारले सदनमा जवाफ दिनुपर्ने बताए ।

सभापति देउवाले सुरक्षण मुद्रण खरिद प्रक्रियामा ठूलो अनियमिताको आरोप लगाउँदै उनले तत्कालीन सञ्चारमन्त्रीको ‘अडियो टेप’का विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखे । विश्वका ५० भन्दाबढी मुलुकमा कोरानो भाइरस फैलिएको र विश्वस्वास्थ्य सङ्गठनले नेपाल उच्च जोखिमा रहेका जनाइसकेको अवस्थामा उच्च सतर्कता अपनाउन र तयारीको अवस्थाका बारेमा सदनलाई जानकारी गराउन सरकारसँग देउवाले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !