४ कार्तिक २०८१, आइतबार

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति :  11 January, 2022 1:02 pm


काठमाडौं । नेपाली बजार सुनचाँदीको मूल्य बढेको छ । सोमबार ९१ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मूल्य तोलाको ३ सयले बढेर तोलाको ९१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर तोलाको १२३० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !