११ कार्तिक २०८१, आइतबार

बैंकिङ प्रणालीमा कुल निक्षेप ४८ खर्ब ७९ अर्ब पुग्यो

प्रकाशित मिति :  11 January, 2022 1:15 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप पौने ४९ खर्ब भन्दा बढी पुगेको छ ।

राष्ट्र बैंकको हिजो पुस २५ गतेसम्मको तथ्यांक हेर्दा बैंकिङ प्रणालीमा कुल निक्षेप ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।

पुस २५ गते वाणिज्य बैंकहरुको निक्षेप भने ३ अर्ब रुपैयाँले बढेको छ । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८ अर्ब रुपैयाँ रहेको थियो।

पुस २५ गते बैंक तथा वित्तीय संस्थाहरुबाट थप ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको भने बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरुले भने पुस २५ गते थप ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत पुस २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७ अर्ब रुपैयाँ रहेकोमा पुस २५ गतेसम्म बढेर ४१ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुको औसत सीडी रेसियो पनि पुस २५ गते सामान्य बढेर ८९.३७ प्रतिशत पुगेको छ भने अन्तर बैंक ब्याजदर पनि ३.२४ प्रतिशत बढेर ४.१६ प्रतिशत पुगेको छ।



प्रतिक्रिया दिनुहोस !