११ कार्तिक २०८१, आइतबार

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

प्रकाशित मिति :  11 January, 2022 3:56 pm


काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ ।

उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए । न्यौपानेले भने,“कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उनको राजीनामा स्वीकृत भएको छ ।”

नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालन ठेक्का प्रकरणमा मुछिएका दाहालले पदबाट राजीनामा दिएका हुन्।

संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालनका लागि बतास समूहले ठेक्का पाएपछि दाहाल विवादमा तानिएका थिए ।

ठेक्का प्रकरणको छानबिन गर्न मन्त्रालयले बनाएको समितिलाई उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । कारबही सिफारिस भएको भोलिपल्ट नै दाहालले राजीनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !