११ कार्तिक २०८१, आइतबार

बतास समूहको चुनौति,‘लगानीको क्षतिपूर्ति दिएर सबै सम्झौता आजैदेखि रद्द गर्न सरकार स्वतन्त्र छ’

प्रकाशित मिति :  12 January, 2022 11:34 am


काठमाडौं । बतास अर्गनाईजेशनले कानुनसम्मत रुपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यवसायिक सम्झौताहरु कानुन बमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र रहेको स्पष्ट पारेको छ ।

अर्गनाइजेसनका अध्यक्ष आनन्दराज वतासले विज्ञप्ति जारी गर्दै अर्गनाइजेशनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजैका मितिदेखि सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गरेपनि कुनै आपत्ति नहुने बताएका छन् ।

उनले भनेका छन्,“ बतास अर्गनाईजेशनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरु एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरा समेत यहाँहरु मार्फत आम जनसाधारण र सरोकारवाला सबैलाईलाई जानकारी गराउन चाहान्छौं ।”

नारायणहिटी दरबार संग्रालयभित्र रेष्टुरेन्ट खोल्ने विषयलाई लिएर विवादतमा तानिएको बतास समूहले अन्य सबै सम्झौता खारेज गर्न चुनौति दिएको हो ।

बतास समूहले टेण्डरबाट हात पारेको नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भाडा सम्बन्धमा, नेपाल भारतमैत्री पशुपति धर्मशाला, पाटन दरबार क्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामाग्री केन्द्रका सम्बन्धमा, अक्सिजन प्लान्ट सम्बन्धमा, सेती नदी अन्तर्गत रामघाट र मोरे खहरे क्षेत्रमा ड्याम निर्माण सम्बन्धमा, विभिन्न दलका नेता तथा उच्च पदस्थ कर्मचारीसँगको सम्बन्धका बारे प्रष्टिकरण समेत दिएको छ ।

सबै ठाउँमा सरकारको नियम कानुन अनुसार नै गरेको भन्दै आफूहरूलाई बदनाम गर्ने प्रयास गरिएको आनन्दराज बतासको भनाई छ ।

उनले मिडियाप्रतिपनि गुनासो गरेका छन् । उनले भनेका छन्,“स्वार्थ समूहका कपटपूर्ण पासोमा परेर उनीहरुको इच्छा अनुसार भ्रामक समाचार उत्पादन र प्रकाशन गर्ने पत्रकार मित्रहरुको बाध्यताप्रति संवेदनशील बनिदिएर कुनै प्रकारको नैतिक वा अन्य दवाब दिने वा स्पष्टीकरण लिने काम नगर्न आम सञ्चारमाध्यमका सञ्चालक तथा प्रकाशक साथै सम्पादकज्यूहरुलाई समेत बतास अर्गनाईजेशन बिनम्र अनुरोध गर्दछ ।”



प्रतिक्रिया दिनुहोस !