११ कार्तिक २०८१, आइतबार

विश्वको आर्थिक वृद्धि सुस्त रहने र विकासशील अर्थतन्त्र जोखिममा पर्ने विश्व बैंकको प्रक्षेपण

प्रकाशित मिति :  12 January, 2022 1:25 pm


The World Bank_TMG

काठमाडौं । कोभिड-१९का भेरियन्टहरुबाट हुने नयाँ खतराका कारण विश्व अर्थतन्त्रको आर्थिक वृद्धि सुस्त हुने तथा विकासशील अर्थतन्त्रहरुमा अर्थतन्त्रका जोखिमहरु बढ्ने विश्व बैंकले नयाँ प्रक्षेपण गरेको छ ।

स्फीति,ऋण तथा आम्दानी असमानता बढ्ने तथा यसले विश्व अर्थतन्त्रको सुधारमा खतरा बढाउने र विकासशील अर्थतन्त्रको जोखिम बढ्ने विश्व बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

ओमिक्रोन भेरियन्ट द्रुतगतिमा बढ्दै गएको र यसले आर्थिक गतिविधिहरुमा बाधा उत्पन्न गराउने देखिएको छ । विश्वका प्रमुख अर्थतन्त्रहरु अमेरिका र चीन बाह्य मागमा हुनेवृद्धि तथा विकासशील अर्थतन्त्रहमा निर्भर हुन्छ । विकासशील देशहरुमा कोभिडको नयाँ भेरियन्ट बढ्दै गए त्यसका लागि आवश्यक नीतिको अभाव हुनेभएकाले आर्थिक गतिविधि रोकिने खतरा रहेको छ ।

यसले आपूर्ति चेनमा समस्या हुने र स्फीतिको दबाब बढ्नेछ । यसले विश्व अर्थतन्त्रको जोखिम भयावह हुनेछ ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले बढ्दो अरुसमानता तथा बढ्दो सुरक्षा चुनौतीहरुले विशेषरुपले विकासशील देशहरुलाई हानि पुर्याउने बताएका छन् । विकसित अर्थतन्त्रहरुमा आर्थिक वृद्धि सन्२०२१मा पाँच प्रतिशतबाट झेरर जान्छ भने सन् २०२२मा यो ३.८ प्रतिशतमा झर्ने छ । यसै गरी २०२३मा आर्थिक वृद्धि २.३ प्रतिशतमा झरेर जान्छ ।

उदीयमान तथा विकासशील अर्थतन्त्रहरुमा सन् २०२१मा ६.३ प्रतिशतबाट झरेर जान्छ । सन् २०२२मा ४.६ प्रतिशतमा झर्छ भने सन् २०२३मा ४.४ प्रतिशतमा झरेर जाने विश्व बैंकको अनुमान छ ।

क्षेत्रगतरुपमा विश्व बैंकले गरेको पूर्वानुमान अनुसार पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा आर्थिक वृद्धि सन्२०२२मा झरेर ५.१ प्रतिशत तथा सन्२०२३मा ५.२ प्रतिशत हुनेछ ।

यसैगरी युरोप तथा मध्य एसियामा सन् २०२२मा ३ प्रतिशत तथा सन् २०२३मा २.९ प्रतिशतमा झर्नेछ ।

यसैगरी ल्याटिन अमेरिका तथा क्यारिबिअन क्षेत्रमा २.६प्रतिशत सन्२०२२मा र सन् २०२३मा हलुका बढे २.७ प्रतिशत आर्थिक वृद्धि हुनेछ ।

मध्यपूर्व तथा उत्तर अफ्रिकामा आर्थिक वृद्धि सन्२०२२मा ४.४ प्रतिशत र सन् २०२३मा झरेर ३.४ प्रतिशतको वृद्धि हुनेछ ।
दक्षिण एसियामा वृद्धि सन्२०२२मा ७.६ प्रतिशत हुनेछ भने सन्२०२३मा ६प्रतिशतमा झर्नेछ ।

उपसहारा अफ्रिका क्षेत्रको वृद्धि सन्२०२२मा ३.६ प्रतिशतको रहने छ भने सन् २०२३मा यो वृद्धिमा हलुका बढोत्तरी भइ ३.८ प्रतिशतको वृद्धि हुने विश्व बैंकको अनुमान रहेको छ ।



प्रतिक्रिया दिनुहोस !