११ कार्तिक २०८१, आइतबार

साताको कारोबारको अन्तिम दिन ५४ अंकले बढ्यो नेप्से

प्रकाशित मिति :  13 January, 2022 4:22 pm


काठमाडौं ।  काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ८.९४ अंकले बढेर ५३०.८३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।

बिहीबार अपर तामाकोशी कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज एनबिएल डिबेञ्चर ८५ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कूल २२४ वटा कम्पनीको एक करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !