६ आश्विन २०८१, आइतबार

सौर्य प्रणाली बाहिर सुपरमुन फेला परेको वैज्ञानिकहरुको विश्वास

प्रकाशित मिति :  14 January, 2022 5:40 pm


काठमाडौं । हाम्रो सौर प्रणाली बाहिर सुपरमुन फेला परेको वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् ।

खगोलशास्त्रीहरुले सौर्य प्रणाली बाहिर पहिलो चन्द्रमाबाट आएको प्रकाशका संकेतहरुको पहिचान गरेका छन् । यो खगोलीय पिण्ड धेरै टाढा भएकोले प्रत्यक्ष अवलोकन गर्न गाह्रो छ । यो अध्ययनको विवरण नेचर अस्टोनोमीमा प्रकाशित भएको छ । पृथ्वीबाट ५५०० प्रकाश वर्ष टाढा रहेको यो चन्द्रमाको नाम केप्लर सेभन्टीन जीरो अइट स्मल बी ड्यास स्मल आई राखिएको छ ।

यो चन्द्रमाको आकार पृथ्वीको आकार भन्दा अढाइ गुण भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । पृथ्वीको आकार भन्दा २.६ गुणा ठूलो यो चन्द्रमा ग्यासबाट बनेको हुन सक्ने अनुमान गरिएको छ ।

वैज्ञानिकहरुले अहिलेसम्म सौर प्रणाली बाहिर करिब ५ हजार ग्रहहरु रहेका छन् । यसलाई एक्सोप्ल्यानेट भनिन्छ । तर एक्सोमुन वा सौर प्रणालीबाट बाहिर रहेका चन्द्रमाहरु मध्ये अहिलेसम्म दुई चन्द्रमाको पहिचान गरिएको छ । यसमा सेभन्टीन जीरो अइट स्मल ड्यास स्मल आई नाम राखिएको पहिलो एक्सोमुन हो । यो सन् २०१७मा पहिचान गरिएको थियो । तर यसको अस्तित्वको प्रमाणिकता तार्किकरुपमा पुष्टि हुन नसकेको हो ।

यी चन्द्रमाहरु धेरै टाढा भएकाले यसलाई परिवेशका आधारमा पुष्टि गर्ने गरिन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस !