अफगानिस्तानलाई मानवीय सहायता सामग्री परिसंघद्वारा हस्तान्तरण
काठमाडौं । नेपाल उद्योग परिसंघले सार्क सदस्य राष्ट्र अफगानिस्ताका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई परिसंघको तर्फबाट राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
सहयोग सामग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी देशमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर सहयोग दिने काम उदाहरणीय भएको बताए ।
मन्त्री खड्काले नेपाल सन् २०२६ बाट अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेको भन्दै त्यसपछि आइपर्ने चुनौती पनि सरकार र निजी क्षेत्र मिलेर सामना गर्नुपर्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालको कुटनीतिक क्षेत्रमा यो महत्वपूर्ण काम भएको बताए ।
अफगानिस्तानमा परेको मानवीय संकट समाधानमा सहयोग गर्ने उद्देश्यले परिसंघले करिब २३ लाख मूल्य बराबरको औषधी हस्तान्तरण गरेको हो ।
परिसंघसहित निजी क्षेत्रबाट हस्तान्तरित सहयोग आइतबार काबुल पठाइनेछ । हिमालयन एयरलाइन्सको च्यारिटी उडानमार्फत सहयोग सामग्री काबुल पु¥याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेश अग्रवाल र नेपालका लागि सेसल्सका अवैतनिक दूत एवं परिसंघ प्रदेश नं २ का संयोजक नरेश दासको उपस्थिति थियो ।