११ कार्तिक २०८१, आइतबार

सेयरबजारमा उछाल नेप्से परिसूचक २९ सय नाघ्यो

प्रकाशित मिति :  16 January, 2022 12:27 pm


काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएसँगै कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु हुनेवित्तिकै उत्साह छाएको बजार प्रिओपन सेसनमै १५ अंकले बढेको थियो ।

कारोबारको सुरुवाती समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक यो समाचार तयार पार्दा सम्म ७० अंकले बढेको छ । नेप्से ७०.५० अंकले बढेर २९२७.७८ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएको १३ उपसमुहमध्ये सम्पूर्ण उपसमूहमा हरियाली छाएको छ । त्यस्तै अहिलसम्म २२१ कम्पनीको ६६ लाख ६२ हजार ४ सय ५ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम साढे ३ अर्ब माथि पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !