११ कार्तिक २०८१, आइतबार

धर्मशाला अनुगमनपछि मन्त्री आलेले भने ‘सेभेन स्टार होटल जस्तो पो रहेछ’

प्रकाशित मिति :  16 January, 2022 2:03 pm


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला अनुगमन गरेका छन् ।

आइतबार बिहान मन्त्री आले सरकार कर्मचारीसहित भारतले बनाइदिएको धर्मशाला अनुगमन गर्न पुगेका थिए ।

 निरीक्षण गरेपछि मन्त्री आलेले प्रतिक्रिया दिँदै धर्मशाला सेभेन स्टार होटल जस्तो रहेको बताएका छन् । मन्त्री आलेले होटल बनाइएको धर्मशालमा स्पा, जिमहल र बाथ टबलगायतको अनुगमन गरेका थिए ।

अनुगमनपछि प्रतिक्रिया दिँदै मन्त्री आलेले धर्मशाला छानबिनका लागि अनुसन्धान समिति बनाइएको र त्यसको प्रतिवेदन आएपछि सबै कुरा स्पष्ट हुने बताए ।

‘छानबिन समितिलाई दिएको ७ दिन भोलि पूरा हुन्छ,’ उनले भने भोलि प्रतिवेदन पेस हुन्छ । प्रतिवेदनका आधारमा के गर्ने भन्ने तय गर्छौं ।’

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । संयोजक सुवेदीले भोलि अपराह्न चार बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा धर्मशाला बनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उदघाटन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !