१२ मंसिर २०८१, बुधबार

सरकारले जारी गर्याे कोरोना रोकथाम तथा नियन्त्रण आदेश, ५० भन्दा बढी मान्छे जम्मा हुन सिडिओको पूर्वस्वीकृति लिनुपर्ने

प्रकाशित मिति :  16 January, 2022 4:44 pm


काठमाडौं । कोरोना संक्रमणको जोखिम बढिरहेका बेला कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले आदेश जारी गरेको छ ।

आइतबार मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त आदेशबारे बताएका हुन् । सरकारले संक्रमण रोग ऐन २०२० को दफा २ को प्रयोग गरी यो आदेश जारी गरिएको उनले बताए ।

सरकारको उक्त आदेश अनुसार ठूला जुलुस तथा धेरै मानिस भेला हुने आमसभा माघ ३० गतेसम्म गर्न नपाइने भएको छ । भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने भएका अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै बढीमा २५ जनाको सहभागितामा गर्नुपर्नेछ ।

आदेश अनुसार माघ १५ गते सम्मका लागि सिनेमा हल, डान्सबार, दोहोरीसाँझ, क्लव, पटके हाट तथा जिमखाना लगाउयतका क्रियाकलाप तथा कार्यहरु बन्द हुने भएका छन् ।

यो सँगै भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको छ भने माक्सको प्रयोग अनिवार्य गराएको छ ।

त्यसैगरी पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्दा क्षमताको एक तिहाइ मानिस मात्र सहभागी हुन पाउने तथा बढीमा ५० जनाको उपस्थितीमा वा प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृत अनुसार गर्न पाइने भएको छ ।



प्रतिक्रिया दिनुहोस !