१० मंसिर २०८१, सोमबार

पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि, निर्धारित कार्यक्रमहरु स्थगित

प्रकाशित मिति :  17 January, 2022 12:27 pm


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्री आलेलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

यसअघि आइतबार मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकनमा गएका थिए ।

सचिवालयका अनुसार मन्त्री आलेसँगै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कारोना संक्रमण पुष्टि भएको र दुबैजनालाई अवस्था सामान्य रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !